काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यु–१२ गल्र्समा पहिलो भए ।
स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ ले पराजित गर्यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले एक्सेल्सियरलाई २२–६ ले हरायो ।
रिब्सकी सुप्रिया मल्लले ८ अंक जोडिन् । यु–१२ गल्र्स फाइनलमा स्वर्णिमले चाँदबागलाई ४–२ ले पाखा लगायो । स्वर्णिमका लागि पलिस्था हाडाले २ स्कोर गरिन् । यो विधा पहिलो पटक एक्सेल्सियर कपमा समावेश गरिएको हो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सुसन, सुप्रिया र पलिस्था ‘मोस्ट भेलुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा ओरेकल रे, सिनियर गल्र्समा ह्वाइटफिल्ड र यु–१२ गल्र्समा युरो स्कुल उदीयमान टिम चुनिए । बास्केटबलको ३ विधामा २६ टिम सहभागी थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


