Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा


ग्लोबल पाना
मंगलबार, फागुन ५ २०८२
  • 382
    SHARES

  • images
    लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा

    काठमाडौं । आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

    images
    images
    images

    लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मन्जरीलाई २–० गोलले पराजित गर्यो । फेरिल्यान्डले मन्जरीलाई ७–० तथा राइजिङ स्टारलाई २–१ गोलले हरायो । प्रतियोगिताको मन्त्री कुमार इङनामले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लोयल्टीकी संस्थापक निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो । फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ