Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अनल ज्योति स्कुलले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनायो


आइतबार, फागुन १० २०८२
  • 818
    SHARES

  • images
    अनल ज्योति स्कुलले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनायो

    ललितपुर । ललितपुर जिल्लाको ढोलाहीटीमा रहेको अनल ज्योति स्कुलले यही फागुन ९ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरी विद्यालयको वार्षिक उत्सव मनाएको छ । विद्यालयको वार्षिक उत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं QUEST नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक प्राध्यापक दिनेश प्रसाद चापागाईँले यस विद्यालयले बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालय परिवारलाई धन्यवाद र विद्यार्थीहरूलाई प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

    images
    images
    images

    साथै उहाँले बालबालिकाहरूको गुणस्तरीय शिक्षाको लागि अभिभावकहरूले पनि आफ्ना बालबालिकाको शिक्षाको विषयमा ध्यान दिनु पर्ने भन्दै अहिलेको शिक्षाको ज्ञान सीपलाई उपयोग गर्दै व्यवहारिक, प्राविधिक ज्ञानलाई पनि उपयोग गर्न तर्फ ध्यान दिनु पर्ने, प्रविधिको सही र भरपुर उपयोग गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीत कुमारी रानाले यस विद्यालयले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जसमा विद्यालयका बालबालिकाहरूको समग्र विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिएको, उनीहरूको सशक्तीकरण, व्यक्तिगत तथा सामाजिक सीप, क्षमता विकास, नेतृत्व विकासका लागि पनि काम गरिएको बताउनु भयो ।

    त्यसै गरी उहाँले अभिभावकहरूका लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको भन्दै अभिभावक तथा विद्यालयका सबै टिमको साथ सहयोगले गर्दा विद्यालय देखि अन्तर्राष्ट्रिय स्तर सम्मका लाभदायक गतिविधिहरू सञ्चालन गर्न सफल भएको भन्दै विद्यार्थीहरूलाई विश्वमा नै असल नागरिक बनाउने उद्देश्यले काम गरिरहेको बताउनु भयो । त्यसै गरी कार्यक्रमका विशेष अतिथि स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. सौजन्य कर्माचार्यले कुनै पनि व्यक्तिले आफ्नो जीवनमा माया, जीवन र शक्तिलाई सन्तुलनमा राखेर अगाडी बढ्नु पर्ने भन्दै यसको सही उपयोग गरी समाज सेवामा लाग्नु पर्ने बताउनु भयो ।

    साथै उहाँले अनुशासन नै जीवनको प्रमुख आधार भएको भन्दै शिक्षा र अनुशासनलाई पनि सँगसँगै अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । यस कार्यक्रममा उहाँले विद्यालय र विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । अनल ज्योति स्कुलले यही फागुन ९ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको वार्षिक उत्सव कार्यक्रममा गत कार्तिक २४ गते देखि मङ्सिर ७ गते सम्म भारत र श्रीलङ्कामा सम्पन्न पहिलो "महिला T20 विश्वकप क्रिकेट फर द ब्लाइण्ड २०२५" मा नेपालको तर्फबाट सहभागिता जनाई उपविजेता बन्न सफल नेत्रहीन महिला क्रिकेट टोलीको उत्साह र प्रेरणाका लागि नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेलाई रु १० हजार नगद सहित "अनल ज्योति सम्मान" बाट सम्मान पनि गरियो ।

    उक्त कार्यक्रममा अनल ज्योति विद्यालयमा २०७३ साल देखि कार्यरत शिक्षक हेमचन्द्र भण्डारी र २०७० साल देखि कार्यरत कर्मचारी बिना तामाङलाई पनि "अनल ज्योति सम्मान" बाट सम्मान गरियो । अनल ज्योति स्कुलले वार्षिक उत्सव कार्यक्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले गत कार्तिक २४ गते देखि मंसिर ७ गते सम्म भारत र श्रीलङ्कामा सम्पन्न पहिलो "महिला T20 विश्वकप क्रिकेट फर द ब्लाइण्ड २०२५" मा नेपालको तर्फबाट सहभागिता जनाई उपविजेता बन्न सफल नेत्रहीन महिला क्रिकेट टोलीको उत्साह र प्रेरणाका लागि नेत्रहीन क्रिकेट संघ नेपाललाई सम्मान गर्नु भएकोमा धन्यवाद दिँदै तपाईँहरूको यस्तै प्रेरणा तथा साथले आगामी दिनमा खेलकुदको क्षेत्रमा सफलता प्राप्त गर्न हौसला मिलेको बताउनु भयो ।

    साथै उहाँले नेत्रहीन महिला खेलाडीहरूले महिला T20 विश्वकप क्रिकेट फर द ब्लाइण्ड २०२५" मा नेपालको तर्फबाट सहभागिता जनाई उपविजेता बन्न सफल हुनु नै अपाङ्गता भएका व्यक्तिहरूले पनि देशको लागि योगदान दिन सक्छन् भन्ने सकारात्मक सन्देश भएको बताउँदै अपाङ्गतालाई कमजोरी तथा बोझको रूपमा नहेरी अवसर प्रदान गरिनु पर्ने, साथ सहयोग दिनु पर्ने कुरामा जोड दिँदै यो महत्त्वपूर्ण सम्मानका लागि यस विद्यालयका संस्थापक तथा निर्देशक ज्योति के.सी. तथा विद्यालय परिवारलाई विशेष आभार व्यक्त गर्नु भयो ।

    अनल ज्योति विद्यालयको वार्षिक उत्सव कार्यक्रममा यसै विद्यालयका संस्थापक तथा सिओ नीरोज महर्जनले सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै यस विद्यालयको सेवा सुविधालाई तथा शिक्षालाई गुणस्तरीय बनाउनका लागि दिनरात सक्रिय रहनु हुने संस्थापक तथा निर्देशक ज्योति के.सी., प्रधानाध्यापक जीत कुमारी राना, विद्यालय व्यवस्थापनका सदस्यहरू, कर्मचारी तथा अभिभावकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरू अनुकूलको वातावरणमा शिक्षा प्रदान गर्न पहल गर्ने बताउनु भयो ।

    साथै उहाँले यस विद्यालयमा पारिवारिक वातावरणमा प्रविधिको पहुँचमा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र यसमा अभिभावकहरूको प्रमुख साथ सहयोग रहेको बताउनु भयो । विद्यालयको शिक्षालाई अझै गुणस्तरीय बनाउनका लागि अभिभावकहरूको महत्त्वपूर्ण जिम्मेवारी पनि रहेको र यस जिम्मेवारीले नै शिक्षालाई सार्थक बनाउन सहयोग गर्ने भन्दै सधैँ अभिभावकहरूको साथको आवश्यकता रहेको बताउनु भयो ।

    अनल ज्योति स्कुलको वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले देशको भाषा, जातीको पहिचान झल्किने भेसभुसा सहित राष्ट्रिय गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए भने सन्देश मूलक नाटकहरू पनि प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरूलाई विद्यालयको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ