Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक शिक्षामा देखिएका समस्या समाधान गर्न इक्यान तत्पर


ग्लोबल पाना
मंगलबार, फागुन १२ २०८२
  • 296
    SHARES

  • images
    वैदेशिक शिक्षामा देखिएका समस्या समाधान गर्न इक्यान तत्पर

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक शिक्षाको क्षेत्रमा देखिएका समस्याको दिगो समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले व्यवसायलाई थप मर्यादित, सुरक्षित र विश्वसनीय बनाउन आफ्ना आन्तरिक संयन्त्रहरूलाई अझ प्रभावकारी बनाउँदै लगेको जानकारी दिएको हो ।

    images
    images
    images

    संघका अध्यक्ष लक्ष्मण पौडेल (एण्ड्रियु)ले वैध रूपमा काम गरिरहेका परामर्शदाता सदस्यहरूलाई अनावश्यक दोषारोपण गर्नु वा प्रशासनिक विषयलाई आपराधिक आरोपमा रूपान्तरण गर्नु अनुचित हुने बताए । उनले विद्यार्थीहरूको सपना सुरक्षित राख्न तथा व्यवसायिक अधिकार र सम्मानको पक्षमा इक्यान अन्तिमसम्म साथमा रहने दृढता व्यक्त गरे ।

    इक्यानका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम २०५४ साल भदौ १३ गते स्थापना भएको यो मुनाफारहित गैरसरकारी संस्था हो । नेपालभरका शैक्षिक परामर्श व्यवसायी कम्पनीहरूको पेशागत साझा संगठनका रूपमा रहेको इक्यानले आफैं नाफामूलक काम नगर्ने तर सदस्य संस्थाहरूको हकहित र व्यवसायिक सफलताका लागि सहजीकरण गर्दै आएको जनाएको छ ।

    संघले आफ्ना सबै प्रयास सदस्य कम्पनीहरूले विद्यार्थी तथा अभिभावकलाई प्रदान गर्ने सेवाको पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गर्न केन्द्रित रहेको स्पष्ट पारेको छ। परामर्श व्यवसाय उद्योगका रूपमा स्थापित हुँदै जाँदा यस क्षेत्रमा चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै इक्यानले ग्लोबल एजुकेसन मोबिलिटीसँग सम्बन्धित समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ ।

    इक्यानका अनुसार विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास भए पनि नेपालजस्तो विकासोन्मुख मुलुकका लागि ग्लोबल एजुकेसन मोबिलिटी हाल रणनीतिक र रूपान्तरणकारी प्रक्रियाका रूपमा उदाएको छ । वैदेशिक शिक्षा व्यक्तिगत शैक्षिक उन्नतिको माध्यम मात्र नभई राष्ट्रिय आर्थिक सुदृढीकरण, सामाजिक रूपान्तरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको आधारशिला भएको संघको भनाइ छ ।

    विदेशबाट प्राप्त ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवले दीर्घकालीन रूपमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास इक्यानले व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ