Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शारीरिक अपाङ्गता भएका महिलाका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न


आइतबार, चैत ८ २०८२
  • 1,199
    SHARES

  • images
    शारीरिक अपाङ्गता भएका महिलाका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न

    काठमाडौ । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँ (CIL) ले बाग्मती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा काठमाडौँमा शारीरिक अपाङ्गता भएका महिलाहरूका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । चैत ७ र ८ गते सञ्चालन गरिएको उक्त तालिम समापनका क्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका कार्यक्रम अधिकृत कीर्तन दुवाल / श्रेष्ठले अपाङ्गता भएका महिलाहरू विभिन्न हिंसामा पर्ने अवस्था आएमा वा कुनै कुटपिट वा आक्रमण भएमा त्यसबाट कसरी आफू सुरक्षित रहने वा त्यसको प्रतिकार गर्न सकुन् भन्ने उद्देश्यले यो २ दिने आत्मरक्षाको तालिम प्रदान गरिएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरू सञ्चालन गरिने र सबै प्रकारका अपाङ्गता भएका महिलाहरूलाई यस्ता तालिम सञ्चालन गरिने बताउनु भयो ।

    images
    images
    images

    त्यसै गरी यसै संस्थाका उपाध्यक्ष सोनीका ढकालले शारीरिक अपाङ्गता भएका महिलाहरूका लागि २ दिने आत्मरक्षा तालिममा सहभागीहरू, तालिम सञ्चालन गर्न सहयोग गर्नु हुने बाग्मती प्रदेश सामाजिक विकास कार्यालय र प्रशिक्षकहरूलाई धन्यवाद दिँदै अपाङ्गता भएका महिलाहरूका लागि यो तालिम ज्यादै महत्त्वपूर्ण रहेको यस्ता तालिमहरूलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा यो २ दिने आत्मरक्षा तालिमका प्रशिक्षक अजय मानन्धरले तालिम दिने क्रममा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मरक्षा तालिम प्रदान गरेको भए पनि शारीरिक अपाङ्गता भित्र पनि ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका महिलाहरूलाई पहिलो पटक यो तालिम प्रदान गरेको भन्दै उहाँहरूलाई तालिम दिनन पाउँदा ज्यादै खुसी लागेको बताउनु भयो ।

    साथै उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई यस तालिममा सिकेका सीपहरूलाई आवश्यकता अनुसार उपयोग गर्न र आफ्नो वरपरका अपाङ्गता भएका साथीहरूलाई पनि सिकाउन आग्रह गर्नु भयो । तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला विमला खनालले यो आत्मरक्षा तालिम अति नै राम्रो र उपयोगी रहेको र विभिन्न कुटपिट तथा आक्रमणका घटनाहरूबाट सुरक्षित रहन सिकिने कुराहरू सिक्न पाउँदा ज्यादै खुसी लागेको भन्दै आयोजक तथा प्रशिक्षकहरूलाई धन्यवाद दिनु भयो । त्यसै गरी अर्का शारीरिक अपाङ्गता भएकी सहभागिता रोजिना स्याङ्तानले यो २ दिने आत्मरक्षा तालिम ज्यादै राम्रो लागेको र यस तालिमबाट आफ्नो सुरक्षा तथा प्रतिकार गर्न सकिने र यो सीपलाई उपयोग गर्ने बताउनु भयो ।

    तालिम समापनका क्रममा सहभागी इलोक्ट्रोनिक ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएकी महिला ललिता बस्नेतले यो आत्मरक्षा तालिम ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका महिलाहरूले पनि लिन सकिने रहेछ भन्ने कुरा थाहा पाएर आत्मरक्षा तथा प्रतिकारका विभिन्न उपयाहरु थाहा पाउँदा ज्यादै खुसी लागेको जसले गर्दा आफ्नो पनि आत्मबल बढेको भन्दै आयोजक संस्था र प्रशिक्षकहरूलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँ (CIL) ले बाग्मती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा काठमाडौँमा चैत ६ र८ गते २ दिन सम्म सञ्चालन गरेको शारीरिक अपाङ्गता भएका महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी तालिममा ह्विलचियर प्रयोगकर्ता र अन्य शारीरिक अपाङ्गता भएका १५ जना महिलाहरूको सहभागिता रहेको थियो भने Women Empowerment Nepal का अजय मानन्धर र सपना रामनगरले प्रशिक्षण दिनु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ