Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अटिजममैत्री शिक्षा विस्तारमा सरकार अघि बढ्दै, सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गरिने


ग्लोबल पाना
शुक्रबार, चैत २० २०८२
  • 341
    SHARES

  • images
    अटिजममैत्री शिक्षा विस्तारमा सरकार अघि बढ्दै, सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गरिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले अटिजम भएका बालबालिकाहरूका लागि लक्षित विशेष कार्यक्रमलाई सरकारले तीव्रता दिएको जानकारी दिनुभएको छ । बिहीबार मन्त्रालयमार्फत जानकारी दिँदै उहाँले सातै प्रदेशमा ‘नमुना आवासीय विद्यालय’ स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

    images
    images
    images

    मन्त्री पोखरेलका अनुसार अटिजम भएका बालबालिकाको विशेष आवश्यकतालाई केन्द्रमा राख्दै शिक्षा र पालनपोषण दुवैलाई समेट्ने गरी संरचना विकास गरिनेछ । यसका लागि शिक्षा, स्वास्थ्य लगायत विभिन्न निकायबीच सहकार्य सुनिश्चित गर्न ‘अन्तरमन्त्रालय समन्वय तथा प्राविधिक समिति’ समेत गठन गरिएको छ ।

    सरकारको योजना अनुसार ती विद्यालयहरूमा बालबालिकाको सिकाइलाई सहज बनाउने आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा सुरक्षित आवासीय वातावरणको व्यवस्था गरिनेछ । यसले अटिजम भएका बालबालिकाको समावेशी शिक्षा र दीर्घकालीन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    मन्त्री पोखरेलले यो पहललाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी गुणस्तरीय सेवा प्रवाह र बालमैत्री वातावरण सुनिश्चित गर्ने दिशामा केन्द्रित गरिने स्पष्ट पार्नुभयो ।

    #Sasmitpokharel #Educationminister #Autism

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ