Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तक्षशिला एकेडेमी प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम


ग्लोबल पाना
शुक्रबार, चैत २० २०८२
  • 320
    SHARES

  • images
    तक्षशिला एकेडेमी प्राचीन दर्शन र आधुनिक शिक्षाको अनुपम संगम

    काठमाडौं । तक्षशिला संस्कृत शब्द हो तक्ष को अर्थ काट्नु, खुर्किनु वा तिखार्नु हुन्छ भने शिला को अर्थ ढुङ्गा हो । जसरी एक कुशल मूर्तिकारले एउटा खस्रो र आकारविहीन ढुङ्गालाई निरन्तरको मिहिनेतले सुन्दर मूर्तिमा रूपान्तरण गर्दछ, त्यसैगरी यस एकेडेमीले तपाईंका नानीबाबुहरूको मष्तिष्कलाई तिखारेर एउटा पूर्ण सफल मानव बनाउने कार्य गर्दछन् । हाम्रा दक्ष शिक्षकहरू ती कुशल कालीगढ हुन् जसले विद्यार्र्थीको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराई उनीहरूलाई विद्यारूपी शृङ्गारले सजाउन सदैव क्रियाशील रहन्छन् । सन् १९९८ मा स्थापित तक्षशिला एकेडेमीले झण्डै तीन दशक लामो गरिमामय इतिहास बोकेको छ ।

    images
    images
    images

    प्रसिद्ध शिक्षसेवी तथा कुटनीतिज्ञ प्रा. डा. जयराज आचार्यको दूरदर्र्शी नेतृत्वबाट सुरु भएको यो यात्रा आज समाजको एक प्रतिष्ठित खम्बाका रूपमा स्थापित छ । यस संस्थालाई सुरेशराज शर्मा र केदारभक्त माथेमा जस्ता प्रशिद्ध शिक्षाविद्हरूको सद्भाव र आशीर्वाद प्राप्त छ । हालसम्मपनि प्रा. डा. जयराज आचार्यकै अभिभावकत्व र वरिष्ठ शिक्षाविद् एवं कुशल व्यवस्थापक श्री नेत्रप्रसाद न्यौपानेको अहोरात्र खटाईले यो संस्था सफलताको नयाँ उचाइतर्फ लम्किरहेको छ । हाम्रो उत्कृष्टताको प्रमाण हाम्रा उत्पादनहरू हुन् ।

    यहाँबाट दीक्षित हजारौं अल्मुनाईहरू आज देश–विदेशका प्रतिष्ठित ओहोदामा आसीन छन् हजारौं डाक्टर, इन्जिनियरहरू जन्माउन सफल यस संस्थाका विद्यार्र्थीहरूले राष्ट्रिय स्तरका कठिन प्रतिस्पर्धाहरूमा आफूलाई अब्बल सावित गर्दै आएका छन् । हालै मात्र नेपालको अत्यन्तै कठिन मानिने ःद्यद्यक् प्रवेश परीक्षामा हाम्रा विद्यार्र्थीले नेपाल द्वितीय स्थान हासिल गर्नु हाम्रो शैक्षिक गुणस्तरको ज्वलन्त उदाहरण हो । यहा अलग विशेषता वोकेका विद्यार्थीहरु पनि अध्ययनरत छन् ।

    भर्खरै यहि अध्ययन गरेका प्रोशेस पाण्डेले भोइस अफ नेपाल सिजन टु मा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै नेपाल प्रथमको स्थान हासिल गर्न सफल भएका छन् भने प्रसिद्ध लोक दोहरि गायक कमला घिमिरे यसै तक्षशिला एकेडेमीमा अध्ययनरत छिन् । खेलकुद जगतमा प्रसिद्ध फुटवलर रोहित चंद तथा विमल घर्ति मगर यसै तक्षशिला एकेडेमीका उत्पादनहरु हुन् । तक्षशिलाले केवल किताबी ज्ञानमा मात्र जोड दिँदैन, बरु विद्यार्र्थीको सर्वाङ्गीण विकासमा विश्वास राख्दछ ।

    यहाँ अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्लबहरू खेलकुद, आइटी, सोसल र व्यावहारिक शिक्षाका विभिन्न क्लबहरू सक्रिय छन् । एस्ट्रोनोमी क्लब नेपालकै पहिलो र सबैभन्दा पुरानो खगोल विज्ञान क्लब हो, जसले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरेको छ, यो तक्षशिलाको एक विशिष्ट चिनारी हो । अनुसन्धानमुखी शिक्षास् शैक्षिक भ्रमण र प्रयोगात्मक सिकाइलाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रो मुख्य ध्येय आधुनिक शिक्षा प्रणालीलाई अगाल्दै गर्दा आफ्नो प्राचीन गौरवमय विद्या–परम्परालाई पुनर्जागरण गराउनु हो ।

    प्राचीन तक्षशिला विश्वविद्यालयका आचार्य कौटिल्य र अन्य विचारकहरूका दर्शनबाट प्रेरित भई हामी विद्यार्थीलाई आफू को हुँ ? र संसारसँग मेरो सम्बन्ध के छ ? भन्ने बोध गराउन अन्तर्दृष्टिको प्रयोग गर्न सिकाउँदछौं । हामी विज्ञानको आधुनिक बोध र हाम्रा मौलिक नियामक मान्यताहरूबीच तादाम्य कायम गर्दै विद्यार्र्थीलाई बौद्धिक, सामाजिक र भावनात्मक रूपमा सबल बनाउँछौ । काठमाडौँको सामाखुशी नजिकै टोखारोडमा अवस्थित यो एक धर्मनिरपेक्ष र प्रगतिशील शिक्षण संस्था हो । नेपाल सरकारको पाठयक्रमलाई पूर्ण रूपमा अनुसरण गर्दै यहाँ निम्न तहका कक्षाहरू सञ्चालन भइरहेका छन् विद्यालय तहः कक्षा १ देखि १० सम्म उच्च माध्यमिक तहः प्लस टु विज्ञान, मानविकी, व्यवस्थापन, कानुन, होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान आदि ।

    उच्च शिक्षाः त्रिभुवन विश्वविद्यालयसँग आबद्ध चारवर्षे द्यद्यक् कार्यक्रम आजको तक्षशिला एकेडेमी भोलिको एउटा प्रतिष्ठित विश्वविद्यालय बन्ने संकल्पका साथ अगाडि बढिरहेको छ । गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीका लागि तक्षशिला सधैं भरोसायोग्य र उत्कृष्ट गन्तव्य रहने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ