Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षकको क्षमता विकास र प्रोत्साहनबाट शैक्षिक सुधारमा प्रयास गरिरहेका छौँ : शिक्षा अधिकारी, ढकाल


ग्लोबल पाना
शुक्रबार, जेठ १ २०८३
  • 305
    SHARES

  • images
    शिक्षकको क्षमता विकास र प्रोत्साहनबाट शैक्षिक सुधारमा प्रयास गरिरहेका छौँ : शिक्षा अधिकारी, ढकाल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ ।

    images
    images
    images

    यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२० जनालाई तालिम दिने लक्ष्य राखिएको थियो । सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी हुनुभयो ।

    यी शीर्षकमा क्रमशः ४२८ जना, ५४० जना र ८३ जना शिक्षकलाई तालिम दिने लक्ष्य राखिएको थियो । शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको शिक्षा अधिकारी ढकालको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ