Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल निर्वाचित


ग्लोबल पाना
बुधबार, भदौ २० २०८०
  • 310
    SHARES

  • images
    एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल निर्वाचित

    लुम्बिनि । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। गएराति सम्पन्न मतपरिणाम अनुसार उनले ४७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाएका छन्। दुई मत अन्तरले कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताए।

    images
    images
    images

    उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भए। उनले ४५५ मत पाए। उनका प्रतिद्वन्द्वी रूपन्देहीकै विश्वराज बराल ३०६, पुजन विश्वकर्मा ९८ र शान्तकुमार वलीले ५६ मत पाएका छन्।

    उपसचिवमा पूणर् बुढामगर र उपसचिवमा लीला राना मगर विजयी भएका थापाले बताए। सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत निर्वाचित भइसकेका छन्। नवनिर्वाचित पदाधिकारीलाई आजै बिहान सपथग्रहण गराउने कार्यक्रम रहेको थापाले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ