Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री डिना उपाध्याय


ग्लोबल पाना
सोमबार, भदौ २५ २०८०
  • 250
    SHARES

  • images
    वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री डिना उपाध्याय

    ताप्लेजुङ। नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन्।

    images
    images
    images

    मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारेकी छिन्। आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन्।

    “विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो”, सहमहामन्त्री उपाध्यायले भनिन् । वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्र्दभिक हुने उनले भनिन् । वीपीका विचार र व्यवहारका प्रभाव युगौँ युगसम्म रहने उल्लेख गर्दै उनले पार्टीले उहाँका विचार र सिद्धान्तलाई भुल्न नहुने बताएकी छिन् ।

    पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद लीलादेवी बोखिम, पार्टीका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलगायतले आ-आफ्ना धारणा राखेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ