Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल एसइई कप : क्वाटरफाइनलका खेल सम्पन्न 


ग्लोबल पाना
मंगलबार, जेठ ८ २०८१
  • 282
    SHARES

  • images
    फिस्टेल एसइई कप : क्वाटरफाइनलका खेल सम्पन्न 

    पोखरा, जेठ ८ । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटरफाइनलका खेलहरू मङ्गलवार सम्पन्न भएका छन् । मङ्गलवार भएको पहिलो खेलमा कालिमा माविले ढुङ्गेसाँघुलाई ३-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    यस्तै दोस्रो खेलमा शान्तिनिकुञ्जले न्यु लेखनाथलाई १-० ले पराजित गर्‍यो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो । अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । 

    छात्रातर्फको ३-३ बास्केटबलका लिग चरणका खेलहरू पनि मङ्गलवार नै सम्पन्न भए । जम्मा ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनी होम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमा प्रवेश गरे । 

    सेभेन ए साइड छात्र फुटबल तथा ३-३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधवार सम्पन्न हुने छन् । बुधवार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुने छ ।

    फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ