Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थानमा पिएचडीका लागि यूबा लेक्चरहरुको लर्को


ग्लोबल पाना
सोमबार, जेठ २१ २०८१
  • 1,077
    SHARES

  • images
    त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थानमा पिएचडीका लागि यूबा लेक्चरहरुको लर्को

    काठमाडौं । हालै त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थानका धेरै प्राध्यापकहरु विध्याबारिधी गरिरहेका छन् । हालैमात्र बिक्रम मानन्धर , दिपक गौतम तथा दामोदर गैरे चाईना सरकारको पुर्ण छात्रवृतीमा पिएचडी सम्पन्न गर्नु भएको थियो ।

    images
    images
    images

    नेपालका अति महत्वपुर्ण जडिबुटीहरुको बासस्थानको भविश्यबाणी, बजार तथा जोखिम मापन बिषयमा दामोदर गैरेले पिएचडी गर्नुभएको छ । दामोदर गैरे नेपालको एक जडिबुटी बिषेशज्ञ हुनुहुन्छ ।

    दिपक गौतमले फरेष्ट ईकोलोजीमा र बिक्रम मानन्धरले वाटरसेड बिषयमा पिएचडी गर्नु भयो । दिपक गौतम फरेष्ट ईकोलोजिका एक हुनाहार बैज्ञानिक हुन । बिक्रम मानन्धर नेपालको एक माटो पानी बिज्ञ हुन् । निकट भबिश्यमानै याम बहादुर केसी, ईश्वर थापा, अमिर सेढाई, पिएचडीको समापनमा लागीपरिरहेका छन् ।

    हाल रबिन्द्र अधिकारी जर्मनीमा, शंकर त्रीपाठी अष्टेलियामा, अमेरिकामा प्रबिन भुषाल, राजन सुबेदी, शुस्मा भट्टराई, बिस्णु पाण्डे, फिनल्याडमा बिजय न्यौपाने साथै वन विज्ञान अध्ययन सँस्थान बाट डोलराज थनेत, निर्जला राउत, महेन्द्र सिँह थापा, केशब आचार्य, नारायण तिमिल्सिना, नारायण तिबारी ईत्यादिहरु पिएचडीको अन्तिम तयारीमा छन् ।

    त्रिभुवन विश्वविद्यालयले बढुबाको लागि पिएचडी अपरिहार्य जस्तो नियम बनाएकोले पिएचडी नगरेका प्राध्यापकहरु धमाधमा पिएचडीको तयारिमा लागिपरिरहेका छन। आसा गरौ निकट भनिश्यमानै सम्पर्ण फ्याकल्टीहरु पिएचडी गरेका मात्र पाईने छन् ।

    तर अमेरिकामा गएका फ्याकल्टीहरु भने नेपाल पर्किने धेरै न्युन सम्भाबना छ । तर डाः बिष्णुहरी वाग्ले भने अमेरिकामा पिएचडी सकेर फर्किएका छन् । उता डा शम्भु पौडेल भने अमेरिकाबाट फर्किएनन् । हाल अमेरिकामा पढिरहेकाहरु नेपाल पर्किन्छन् कि फर्किदैनन् त्यो त भोलिका दिनले नै बताउला ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ