Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न


ग्लोबल पाना
सोमबार, जेठ २८ २०८१
  • 358
    SHARES

  • images
    मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं, जेठ २७ - मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमूना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूकोव्यक्तिगत विकास र करियर सम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन्। उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म-विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् ।

    images
    images
    images

    आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरेकी थिइन्। कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिराजोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई  आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरुले बताए ।

    जोशीले विद्यार्थीहरूको आत्म-प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन्। उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन्।

    यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म-विश्वास, सृजनात्मकता, र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ । ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ