Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

बंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा


ग्लोबल पाना
मंगलबार, जेठ २९ २०८१
  • 300
    SHARES

  • images
    बंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

    काठमाडौं । आईसीसी टी ट्वान्टी-२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग झिनो रन अन्तरले पराजित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराउँदै लगातार तेस्रो जित निकालेको हो।

    images
    images
    images

    दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाएको थियो । बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाह रियादले अविजित २० रन बनाए । कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए । यस्तै, तान्जिद हसन र लिटन दासले समान ९-९ रन जोडे । बंगलादेशलाई रोक्न केशव महाराजले सर्वाधिक ३, काशिगो रवाडाले र एनरिच नोत्जेले समान २ /२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४६ रनको महत्वपूणर् पािर खेले । यस्तै, डेभिड मिलरले पनि २९ रन बनाए । यी दुईबीचको साझेदारी महत्वपूर्णबंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा रह्यो । यस्तै, क्विन्टन डी ककले १८ रन बनाए ।

    बंगलादेशका तान्जिन हसन साकिबले सर्वाधिक तीन विकेट लिँदा ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट आफ्नो नाम गराए । दक्षिण अफ्रिका तीन खेलबाट ६ अंकका साथ समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ