Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पुरुष र महिला बास्केटबल प्रतियोगिताको उपाधि इन्साईट भिजनलाई


ग्लोबल पाना
सोमबार, असार ३ २०८१
  • 350
    SHARES

  • images
    पुरुष र महिला बास्केटबल प्रतियोगिताको उपाधि इन्साईट भिजनलाई

    काठमाडौँ, ३ असार । माध्यामिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधी इन्साईट भिजनले हात पारेको छ । मण्डला स्ट्रिटको मुख्य सहयोगमा ‘बन टु हुप क्लब’ले शनिबारदेखि ठमेलस्थित गोदावरी अल्मुनाई एशोसियशनको सभाहलमा आयोजना गरेको पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा पुरुष र महिलातर्फ दुबै उपाधि इन्साईट भिजनले हात पारेको हो ।

    images
    images
    images

    प्रतियोगितामा पुरुषतर्फ मनास्लु क्लब र महिलातर्फत टिब्स क्लबलाई हराउँदै दुबै उपाधि इन्साईट भिजनले हात पारेको प्रतियोगिताका संयोजक सोजेशमान मालाकारले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष १७ र महिला ६ गरी २३ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    यस्तै, महिलातर्फ प्रथम हुनेलाई नगद रु १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रा हुने टिमलाई नगद रु सात हजार ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिएको संयोजक मालाकारले बताउनुभयो ।

    विजयी खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गरी नयाँ खेलाडी उत्पादनमा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले युवालाई अनुशासित र स्वास्थ्य बनाउनका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ