काठमाडौं । टी-२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बंगलादेशका युवा बलर तान्जिम हसन शकिबलाई कारबाही गरिएको छ । उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो ।
मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।
नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए । उनले टी-२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् । यद्यपि यो रेकर्ड पछि लोकी फर्गुसनले तोडेका थिए, तर यो तन्जिम हसनको करियरको उत्कृष्ट बलिङ स्पेल थियो ।
सोही खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । बंगलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुवैबीच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए । खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए ।
तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए। तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो । बास्तावमा घटना के भएको हो भन्नेबारे नेपाली कप्तान पौडेलले खेल सकिएपछि (सोमबार -३ गते) भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो। मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भनेँ। अरु केही पनि हैन।’ यही कारण आईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।
यस खेलमा बंगलादेशको प्रदर्शन राम्रो रह्यो । टोलीको ब्याटिङले काम गर्न सकेन तर बलरले टोलीलाई एकतर्फी जित दिलाए । पहिले खेलेको बंगलादेशको टोली १९.३ ओभरमा १०६ रनमा सीमित भयो । तर, जवाफमा नेपालले १९.२ ओभरमा ८५ रन मात्रै बनाउन पाएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


