Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी : विश्वकप क्रिकेट


ग्लोबल पाना
बिहीबार , असार ६ २०८१
  • 288
    SHARES

  • images
    ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी : विश्वकप क्रिकेट

    काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका १८ रनले पराजित भएको हो।

    images
    images
    images

    १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समिटियो। अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए।

    बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए। त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

    हालसम्म विश्वकप उपाधी जित्न नसकेको दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजित रहँदै ‘सुपर ८’ मा पुगेको थियो। ‘सुपर ८’ अन्तरगतको दोस्रो खेलमा अहिले सहआयोजक समेत रहेको वेस्ट इन्डिज र इङ्ल्याण्डबीचको खेल जारी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ