Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 321
    SHARES

  • images
    विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित

    काठमाडौं। आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर-८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ । बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो। भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १३० रनमै समेटियो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे। नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए।

    images
    images
    images

    भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए। कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए। हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडेका थिए।

    ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए। अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिए।

    भारतले आफ्नो सुपर- ८ चरणको दोस्रो खेलमा भोलि शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले भोलि नै अष्ट्रेलियाको सामना गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ