Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बंगलादेशमाथि भारतको सहज जीत : विश्वकप क्रिकेट


ग्लोबल पाना
आइतबार, असार ९ २०८१
  • 335
    SHARES

  • images
    बंगलादेशमाथि भारतको सहज जीत : विश्वकप क्रिकेट

    काठमाडौं। आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ। शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

    images
    images
    images

    भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए।

    तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

    भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

    विराट कोहलीले ३७ रनको योगदान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। अक्षर पटेल ३ रनमा अविजित रहे।

    यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात पारे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ