Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कोपा अमेरिका, एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 369
    SHARES

  • images
    कोपा अमेरिका, एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा

    काठमाडौं । कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको खेलमा बोलिभियामाथि ५-० को एकतर्फी जित निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेटमात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो ।

    images
    images
    images

    न्यु जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । अधिकांश समय आफ्नो नियन्त्रणमा बल राखेको उरुग्वेले २१ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

    डार्विन नुनेजले अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको उरुग्वेले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो । ७७ औं मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाए ।


    ८१ औं मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४-० ले अघि बढेको थियो । फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३ औं मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

    ८९ औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५-० को जित दर्ता गर्न सफल भयो । जितसँगै उरुग्वे ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका र पानामा समान तीन तीन अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

    लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अंकविहीन हुँदै पुच्छारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा अमेरिका र उरुग्वे भिड्दा बोलिभिया र पानामा आमने सामने हुने छन् । समूह चरणको अन्तिम खेल जुलाई २ तारिखमा हुने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ