Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?


ग्लोबल पाना
मंगलबार, असार १८ २०८१
  • 354
    SHARES

  • images
    को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?

    काठमाडौं। भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी-२० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ। भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ।

    images
    images
    images

    अब भारतको टी-२० टिमको कप्तानीमा प्रमुख चार खेलाडीको चर्चा रहेको छ। जसमा हार्दिक पाण्डेय, सूर्यकुमार यादव, ऋषव पन्त र जसप्रित बुमराह कप्तानीको दौडमा सबै भन्दा अगाडि रहेका छन्। यी बाहेक शुभमन गिल र केएल राहुल समेत भारतको टी- २० क्रिकेटको कप्तान बन्न सक्ने चर्चा चलिरहेको छ।

    टी-२० टिमको कप्तानको दावेदारको दौडमा हार्दिक पाण्ड्या सबै भन्दा अगाडि छन्। उनीसँग टी-२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन। पाण्ड्याले १६ टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ।

    गुजरातलाई पहिलो सिजनमा आइपिएल च्याम्पियन बनाएका हार्दिक हाल मुम्बई इण्डियनको समेत कप्तान रहेका छन्। पाण्ड्याले भारतलाई ९० प्रतिशत द्विपक्षीय शृङ्खलामा जित दिलाएका छन्।

    जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ। टोलीले एउटा मात्र सिरिजमा हार बेहोरेको थियो। भारतलाई विश्वकप जिताउन पाण्डेयले गरेको शानदार प्रदर्शनले उनको कप्तानीको दाबेदारीलाई बलियो बनाएको छ।

    त्यस्तै कप्तानीको दौडमा ऋषभ पन्त रहेका छन्। कार दुर्घटनापछि क्रिकेटमा पुनरागमन गरेका पन्तले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। दिल्ली क्यापिटल्सका समेत कप्तान रहेका विकेटकिपर ब्याट्सम्यान पन्तले टी-२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन्। उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए।

    त्यस्तै कप्तानीको दौडमा सुर्यकुमार यादव पनि रहेका छन्। सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन्। ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन्।

    उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन्। सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ। सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन्।

    त्यसैगरी जसप्रित बुमराह पनि टी-२० टिमको कप्तानीको दौडमा रहेका छन्। जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्डको रुपमा रहेका छन्। ७० खेलमा ८९ विकेट लिएका बुमराह टिम संकटमा रहेको समयमा विकेट लिएर टिमलाई जितको बाटोमा लैजाने बलरको रुपमा चिनिन्छन्। उनको यस अघि भारतीय टिमको मात्र २ खेलमा कप्तानी गरेका छन् र दुवै खेल जितेका छन्।

    यी बाहेक हाल गुजरात टाइटन्सका कप्तान रहेका शुभमन गिललाई रोहित शर्मापछि भारतको सबै फर्म्याटको कप्तानको रुपमा हेरिएको छ। पहिलो पटक गुजरातको कप्तानी गरेका गिलले धेरैलाई प्रभावित समेत गरेका थिए। यस विश्वकपमा गिल ट्राभल खेलाडीको रुपमा समावेश रहेका थिए।

    त्यस्तै आइपिएल टिम लखनउ सुपर जाइन्टका कप्तान रहेका केएल राहुल पनि टी-२० टिमको कप्तान बन्न सक्ने बताइएको छ। उत्कृष्ट ब्याट्सम्यान र विकेट किपरको पहिचान बनाएका राहुल यस विश्वकप टिममा भने परेका थिएनन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ