Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दशरथ रंगशालाको स्तरोन्नति गर्ने तयारी


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 309
    SHARES

  • images
    दशरथ रंगशालाको स्तरोन्नति गर्ने तयारी

    काठमाडौं। खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तराष्ट्रिय प्रतियोगीता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्।

    images
    images
    images

    उनले धेरै पहिला बनेको रंगशालालाई आधुनिक रंगशालासँग तुलना गर्न उचित नहुने बताए। त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए।

    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाइ पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढि बजेटको व्यवस्था गरेको र खेलाडीको बैंक खातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए। त्यस्तै उनले खेलाडीहरुलाई मासिक भत्ता उपलव्ध गराउन दुईकरोड बढीको बजेट छुट्टाइएको भन्दै यसलाई क्रमश बढाउदै लैजानुपर्ने जनाए।

    मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी बिभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिए। त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा मूलपानी क्रिकेट रंगशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाइ प्राथमिकतामा राखेको जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ