Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो संघको सम्मान तथा ब्याच बितरण


ग्लोबल पाना
बिहीबार , असार २७ २०८१
  • 463
    SHARES

  • images
    नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो  संघको सम्मान तथा ब्याच बितरण

    पोखरा, असार २६ । नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघको सम्मान तथा ब्याच बितरण कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य मिना गुरुङले उद्घाटन गरेकी थिइन।

    images
    images
    images

    उद्घाटन गर्दै गुरुङले   खेल र स्वास्थ्य परिपुरक भएको भन्दै मानिसहरूलै एक बनाउने एक मात्रै उपाय खेल भएको उल्लेख गरिन। नेपाल राष्ट्रिय भूतपूर्ब ऐनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलले विभिन्न १८  वटा देशमा आफ्ना शाखाहरुबाट   समाजका विभिन्न आयाम मार्फत काम गरिरहेको उल्लेख गर्दै नेपाल र नेपालीको बिकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमममा लायन्स क्लब अफ नेचुरल टाउनका अध्यक्ष बुद्धिराज सुवेदी, संघ का केन्द्रीय फिल्ड संयोजक सुन्दर पौडेल, लेखनाथ पत्रकार मंचका संस्थापक अध्यक्ष भिमपाणि बराल, लम्जुङ पोखरा सम्पर्क मन्चका सचिब सुमि भण्डारी, संघका केन्द्रिय लेखा संयोजक मुरारी कंडेल, केन्द्रिय सदस्य रमन बहादुर बस्नेत, लेखनाथ जेसिसका अध्यक्ष प्रकाश राई भाट सहितले मन्तब्य व्यक्त गरेका थिए।

    कार्यक्रममा संघका विभिन्न पद तथा ओहोदामा नियुक्त  विभिन्न महानुभाबहरूलाइ सम्मान सहित ब्याच वितरण गरिएको थियो। नेपाल राष्ट्रिय भूतपूर्ब ऐनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत  संस्थाका  फिल्ड इन्चार्ज बिष्णुमाया सुबेदी र संचालन  स्वकीय सचिब गोकर्ण क्षेत्रीले गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ