Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘आदिलको निलम्बन फुकुवा गर्ने कुरामा क्यान सकारात्मक छ’


ग्लोबल पाना
बुधबार, साउन २ २०८१
  • 348
    SHARES

  • images
    ‘आदिलको निलम्बन फुकुवा गर्ने कुरामा क्यान सकारात्मक छ’

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वअलराउन्डर आदिल अन्सारीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको जनाएको छ । दुई वर्षअघि भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि आदिल क्यानबाट निलम्बित भएका थिए ।

    images
    images
    images

    तर, गत असार २१ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलमाथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढाउने निणर्य गरेको थियो । उक्त बैठकले निलम्बन फुकुवा सम्बन्धमा आवश्यक निणर्यअधिकार अनुशासन समितिलाई दिने र समितिले एक हप्ताभित्र निणर्य गर्नुपर्ने जनाएको थियो ।

    क्यानका प्रवक्ता छुम्बी लामाले अनुशासन समितिबाट केही दिनमै यसबारे प्रतिवेदन आउने बताए । दुई वर्षअघि भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वक्रिकेटर मेहबुब आलमसँगै अन्सारीलाई पक्राउ गरेको थियो ।

    तर, जिल्ला अदालत काठमाडौंले आलम र अन्सारीसँगै नितेश साह गुप्ता, नवीन कँडेल, रवी माझीलाई सफाइ दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ