Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा


ग्लोबल पाना
मंगलबार, साउन २२ २०८१
  • 441
    SHARES

  • images
    पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा

    काठमाडौं ।  जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वणर् पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् । जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वणर्, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्ण सहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

    त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वणर्सहित ५ रजत र ११ काश्य पदक जितेको छ ।

    त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वणर्, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।

    त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वणर् पदक जितेका छन् ।

    त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

    त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी,  मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्डे, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ