Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने


ग्लोबल पाना
बुधबार, साउन २३ २०८१
  • 369
    SHARES

  • images
    काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न हुने भएका छन्। उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो। नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ।

    images
    images
    images

    उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता भारतले सेमिफाइनलमा श्रीलंकालाई ३-० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो।

    लिगचरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ। भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ