Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

महिला टी-२० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 283
    SHARES

  • images
    महिला टी-२० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने

    काठमाडौं। आइसीसी महिला टी-२० विश्वकप, २०२४ युएईमा हुने भएको छ। यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ।

    images
    images
    images

    अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ। आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको दिदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ।

    बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ।

    यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन्। जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ