Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी


ग्लोबल पाना
आइतबार, असोज २७ २०८१
  • 306
    SHARES

  • images
    रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी

    काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए।

    images
    images
    images

    त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए। यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समूह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शिर्ष स्थानमा छ।

    त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समुहमा तेस्रो स्थानमा छ। अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले अक्टोबर १६ मै क्रोसियाको सामना गर्ने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ