Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा ५ अभ्यास खेल खेल्ने


ग्लोबल पाना
मंगलबार, कात्तिक २७ २०८१
  • 283
    SHARES

  • images
    नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा ५ अभ्यास खेल खेल्ने

    काठमाडौं। नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिमले एसिया कप खेल अघि भारतको कर्नाटकाको यू-१९ सँग ५ अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानी क्रिकेट मैदानमा एशिया कप खेल्ने नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग ५ एकदिवसीय खेल खेल्ने भएको हो।

    images
    images
    images

    यी खेलहरु पहिलो खेल नोभेम्बर १३ मा, दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र नोभेम्बर २१ मा पाँचौं खेल हुने भएको हो।

    नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ हुने यू-१९ एशिया कपमा भाग लिदै छन्।

    एशिय कपमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

    नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ