Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने


ग्लोबल पाना
शुक्रबार, मंसिर ७ २०८१
  • 282
    SHARES

  • images
    एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

    images
    images
    images

    एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

    एन्फाले शहिद स्मारक बि डिभिजनका केहि खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।


    एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ