Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

स्पेनिस खुला च्याम्पियनशिप अशोक रुम्बा मुख्य रेफ्रीको भूमिका


ग्लोबल पाना
सोमबार, मंसिर १० २०८१
  • 420
    SHARES

  • images
    स्पेनिस खुला च्याम्पियनशिप अशोक रुम्बा मुख्य रेफ्रीको भूमिका

    काठमाडौं । सन् २०२४ नोभेम्बर २३ र २४ मा स्पेनमा आयोजित १०औं NINTAI कप स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराते प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विष्णु बहादुर सार्कीले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाए। दुई दिने यस प्रतिष्ठित प्रतियोगितामा खेलाडी विष्णु सार्कीले पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए।

    images
    images
    images

    यद्यपि, ग्रीसका खेलाडीसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिनुपर्‍यो। मुख्य रेफ्रीको भूमिकामा रहेका अशोक रुम्बा तामाङले रिङमा आफ्नो अनुभव र क्षमताको उच्च प्रदर्शन गरेका थिए, जसलाई आयोजक समितिले अत्यन्त सकारात्मक रूपमा लिएको छ।

    रेफ्री रुम्बाले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन पाएको अवसरलाई महत्वपूर्ण बताउँदै, प्रतियोगिताले उनीहरूलाई सिक्ने र अनुभव सँगाल्ने थलो प्रदान गरेको उल्लेख गरे। साथै, रुम्बाले स्पेनमा रहँदै खेलकुदको प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्।

    नेपाल फर्किएपछि आफ्नो अनुभव र ज्ञान नेपाली खेलाडीहरूसँग बाँड्ने र कराते खेलकुदको विकास र विस्तारमा ध्यान केन्द्रित गर्ने योजना रहेको रुम्बाले बताए। उनले यस प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताले दुई देशबीच अनुभव र ज्ञान आदानप्रदान गर्न कोसेढुङ्गाको काम गर्ने विश्वास पनि व्यक्त गरे।

    यस सफल सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय क्योकुशिन कराते क्षेत्रमा चिनाउन मद्दत गरेको छ भने नेपाली खेलकुद क्षेत्रको उन्नतिका लागि पनि यो प्रेरणादायी बनेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ