Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल


ग्लोबल पाना
आइतबार, मंसिर १६ २०८१
  • 294
    SHARES

  • images
    लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

    images
    images
    images

    उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

    उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

    यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले भन्नुभयो, “एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूणर् योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

    लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, “हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध रहँदै आएका छाँै र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।

    हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।” यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूणर् योगदान दिँदै आएको छ ।

    लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्‍याउने विश्वास लिइएको छ । यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ ।

    हिजोदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ