Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन भिड्दै


ग्लोबल पाना
सोमबार, मंसिर १७ २०८१
  • 263
    SHARES

  • images
    एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन भिड्दै

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्रो खेल आज हुँदैछ। आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनो बिचमा प्रतिस्पर्धा हुँदैछ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन्। सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ। एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो। पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो।

    आज हुने दोस्रो खेलमा काठमाडौं र चीतवनको महा भिडन्त हुने जनाइएको छ। काठमाडौं गोर्खाजबाट करण केसी र चीतवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन्। आजको खेलमा दुबै टिमका गरी १० बिदेशी खेलाडी पनि मैदानमा देखिनेछन्।

    एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

    काठमाडौं गुर्खाजः

    करण केसी - मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

    चितवन राइनोजः

    कुशल मल्ल - मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ