Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनपीएलमा चितवनसामू पोखराको लज्जास्पद हार


ग्लोबल पाना
मंगलबार, मंसिर १८ २०८१
  • 300
    SHARES

  • images
    एनपीएलमा चितवनसामू पोखराको लज्जास्पद हार

    काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले चितवन राइनोजसामू लज्जास्पद हार व्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा ८७ रनले पराजित भएको हो। चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराको ब्याटिङ निकै कमजोर देखिएको थियो।

    images
    images
    images

    पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भु्र्तेत आउट भएसँगै खेल ३.२ ओभर पुग्दा पोखरा ६ विकेट गुमाउन पुगेको थियो।

    कुशल आउट भएलगत्तै पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे गोल्डन डकआउट भएका थिए। सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका थिए।

    चौथो ओभरमा थप ३ विकेट गुमाउँदा पोखरा निकै धरमराउँदो देखिएको थियो। ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट हुँदा ३.४ ओभरमा किरण थगुन्ना एलबीडब्लु आउट हुन पुगे। ३.६ ओभरमा माइकल लिस्क शून्यमा नै आउट भए। तीनै विकेट रिजन ढकालले लिए थिए।

    चौथो ओभर सकिँदा पोखराले ६ विकेट गुमाएर ७ रन मात्र बनाउन सकेको थियो। ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे।

    त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रनको योगदान दिए। पोखरा १३.२ ओभरमा ७४ रन जोड्दै अलआउट हुन पुग्यो।

    यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ