Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टि-२० क्रिकेटको एउटा इनिङमा सर्वाधिक रनको कीर्तिमान, २० ओभरमा बन्यो ३४९ रन


ग्लोबल पाना
शुक्रबार, मंसिर २१ २०८१
  • 297
    SHARES

  • images
    टि-२० क्रिकेटको एउटा इनिङमा सर्वाधिक रनको कीर्तिमान, २० ओभरमा बन्यो ३४९ रन

    काठमाडौं । बडोदा क्रिकेट टोलीले बिहीबार इतिहास रच्दै टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान बनाएको छ।मध्य प्रदेशको इन्दौरमा भएको सैयद मुश्ताक अली ट्रफीको यस खेलमा बडोदाले सिक्किमविरुद्ध ५ विकेटमा ३४९ रन बनाएको थियो ।

    images
    images
    images

    यससँगै बडोदाले अक्टोबरमा टि-२० मा जिम्बाब्वेको सर्वाधिक ३४४ रनको कीर्तिमान तोडेको छ । जिम्बाब्वेले गाम्बियाविरुद्ध यो कीर्तिमान बनाएको थियो । यसका साथै बडोदाले टी-२० इनिङ्समा सबैभन्दा बढी ३७ छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएको छ ।

    यसअघि यो कीर्तिमान पनि जिम्बावेको नाममा थियो । जिम्बाब्वेका खेलाडीले गाम्बियाविरुद्धको खेलमा २७ छक्का प्रहार गरेका थिए । शाश्वत रावत र अभिमन्यु सिंह राजपुतले ९२ रनको ओपनिङ पार्टनरसिप गरे । भानु पानियाले ५१ बलमा १३४ रन बनाएर अविजित रहे । जसमा पाँच चौका र १५ छक्का सामेल छन्।

    जवाफमा सिक्किमको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सकेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ