Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

क्रिकेटप्रेमीको मोहः कीर्तिपुरको भीड अचानक भक्तपुरमा


ग्लोबल पाना
आइतबार, मंसिर २३ २०८१
  • 316
    SHARES

  • images
    क्रिकेटप्रेमीको मोहः कीर्तिपुरको भीड अचानक भक्तपुरमा

    भक्तपुर। त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ। त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार। कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु।

    images
    images
    images

    नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए। टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए। त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरुबाट आएका खेलाडीहरु थिए। खेलाडीको टोली साँंझ पाँच बजे भक्तपुर पुगेको थियो। टोलीले भक्तपुर दरवार क्षेत्र र पाँचतले मन्दिर क्षेत्र (ङातापोल) को अवलोकन गरेका थिए।

    टोलीले झण्डै एक घण्टा अवलोकन भ्रमण गरेका थिए। टोलीलाई दतात्रय स्क्वायरको पनि भ्रमण गराउने योजना भए पनि भक्तपुर दरवार स्क्वायर र पाँंचतल्ले मन्दिर क्षेत्र भन्दा अलि पर भएको र समय अभाबका कारण दतात्रय क्षेत्रमा लगिएको थिएन। टोलीलाई यसअघि भव्य स्वागत गरिएको थियो। बाजागाजाको टोलीले उनीहरुलाई भक्तपुरको दरवार क्षेत्र प्रवेश गर्ने खौमा प्रवेशद्धारमा स्वागत गरिएको थियो।

    टोलीमा सहभागी खेलाडी र प्राविधिहरु सवैलाई एउटाएउटा टोली लगाइदिनुका साथै खादा लगाइदिएर स्वागत गरिएको थियो। सहभागी सम्पूणर् टोलीको स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइएको थियो। परम्परागत धिमे बाजाका साथ नेपाली टोपी लगाएका दर्जनौ नेपाली तथा विदेशी पर्यटकहरु देखेपछि त्यहाँं भीड बढेको थियो। त्यसमाथि नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई देखेपछि धेरैले उनीसँंग बसेर फोटो खिचाएका थिए। फोटा खिचाएनन् मात्रै धेरै युवायुवतीहरुले उनको अटोग्राफी पनि लिन भ्याए। कति युवाहरुले त आआआफनो छातीमा उनको हस्ताक्षर गर्न लगाए।

    यो क्रम उनी भ्रमण गरेको एकघण्टाको अवधिभर बाटोभरि चलिरहयो। यसै पनि भक्तपुरमा शनिबार भीड हुन्छ, कार्यक्रममा सहभागी एकजना युवाले भने, क्रिकेटर नेपाली टोपीमा बाजागाजासहित भ्रमणमा आएपछि त हेर्ने आउनेहरुको भीड लाग्ने नै भयो।

    भक्तपुर नगरपालिकाको दावी अनुसार शनिबार एक दिनमा मात्रै एक लाखदेखि डेढ लाख (एक लाख ५० हजार) आन्तरिक पर्यटक भक्तपुर भ्रमणमा आउने गरेका छन्। त्यसका साथमा तथ्यांकै केलाएर हेर्ने हो भने भक्तपुर नगरमा दैनिक एक हजार भन्दा वढी विदेशी पर्यटकहरु पर्यटक शुल्क तिरेर भक्तपुर भ्रमण गर्न आउने गरेको तथ्यांक छ। नगरपालिकाले नगर अवलोकन गर्न आउने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाएर तथ्यांक राख्ने गर्दै आएको छ। टोलीका स्वागत तथा भ्रमणमा विभिन्न खेलाडीहरु तथा क्रिकेट खेलप्रति मोह राख्ने सर्वसाधारण पनि उतिकै सहभागी थिए।

    नेपाल भलिबल महासंघका केन्द्रिय कोषाध्यक्ष गौतम सुजखू, नेपाल भविबल संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिलगायतका दर्जनौ खेलाडीहरु सहभागी थिए। पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरले देखाएको मायाप्रति हर्ष प्रकट गरे। साथै आगामी दिनमा पनि आफूहरुलाई यही किसिमको माया पाउने आशा उनले गरे। नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू भक्तपुर आइका थिए । टोलीलाई नेपाल इको प्यानललगायतको खेलाडी तथा अन्यले स्वागत गरेको थियो।

    नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए। “टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पुर्याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए।

    भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गरेको उनको विश्वास छ। टोलीको सम्मान रात्रीभोजसमेत भएको थियो। टोलीलाई जुजु धौ (दही) लगायतका परिकार दिएर सम्मान गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ