Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

इतिहास रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 350
    SHARES

  • images
    इतिहास रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो

    काठमाडौं । मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको छ । कुनै पनि नेपाली क्रिकेट टोलीले टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धी हो ।

    images
    images
    images

    मलेसियाको बायुमास ओभलमा भएको आजको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सुपर ४ चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा अझै एक खेल खेल्नै बाँकी छ । बाँकी एउटा खेल नेपालले भोलि भारतविरुद्ध खेल्नेछ ।

    ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूहका शीर्ष २ टोली सुपर ४ चरणमा जान्छन् । नेपाल भएको समूहमा भारत र पाकिस्तान छन् । पाकिस्तानले भारतसँग पनि हारिसकेको हुँदा उसको अंक शुन्य छ । अब नेपालले भोलि भारतसँग हारे पनि सुपर ४ को यात्रा तय गर्नेछ ।

    आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो ।

    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । सोनी पाख्रिनले १३, सिमाना केसीले १२, सना प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि करातुलिन र फतिमा खानले १-१ विकेट लिए ।

    पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३५ रन बनाइन् । महम अनीसले २९, राविल फरहानले १३ र कप्तान जुफिशाँ अयाजले १२ रन बनाइन् । नेपालका लागि कप्तान पूजा महतोले २ विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १-१ विकेट लिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ