Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनपिएलः जनकपुरलाई हराउँदै सुदुरपश्चिम फाइनलमा


ग्लोबल पाना
बुधबार, पुस ३ २०८१
  • 372
    SHARES

  • images
    एनपिएलः जनकपुरलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदुरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। सुदुरपश्चिमले जनकपुरलाई विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो।

    images
    images
    images

    जनकपरले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए।

    बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो। जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए।

    बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए।

    पराजित जनकपुरले बिहिबार कणर्ाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ