Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

समावेशी मैत्रीपूर्ण फुटबल प्रतियोगिता


सोमबार, पुस ८ २०८१
  • 505
    SHARES

  • images
    समावेशी मैत्रीपूर्ण फुटबल प्रतियोगिता

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले काठमाडौँ महानगरपालिका वडा नं २६ को सहयोग तथा प्रज्ञा उच्च मा.वि. र T-21 प्यालेस ( क्याफे ) को प्राविधिक सहयोगमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूका लागि पुस ७ गते काठमाडौँको लैनचौर खेल मैदानमा समावेशी मैत्री फुटबल प्रतियोगिताको आयोजना गर्यो ।

    images
    images
    images

    डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूका लागि आयोजना गरिएको समावेशी मैत्री फुटबल प्रतियोगितामा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरू र प्रज्ञा उच्च मा.वि.का कक्षा ५ मा अध्ययनरत १० जना अपाङ्गता नभएका बालबालिकाहरूसँगै फुटबल खेलाइएको थियो । यस फुटबल प्रतियोगिताकै क्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले २ दिन सम्म यी डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूलाई अभ्यास गराइएको र तेस्रो दिनमा प्रतियोगिता गराइएको बताउनु भयो ।

    यस प्रतियोगिता १० जना अपाङ्गता नभएका बालबालिकाहरूले पनि उनीहरूलाई निर्देश गर्दै खेल खेल्न सहयोग गरेका जसले गर्दा समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रतिको नकारात्मक सोचमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने भन्दै मार्च २१ तारिखका दिन मनाइने विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा पुनः समावेशी मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने बताउनु भयो ।

    यस कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा सदस्य प्रवेश श्रेष्ठले फुटबलमा सहभागी खेलाडी भाईबहिनीहरुलाई मेडल प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद प्रतियोगिता तथा विकासको लागि वडाबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

    त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकला पराजुलीले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजना गरिएको मैत्री पूर्ण फुटबल प्रतियोगिताले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिहरूले पनि खेल मार्फत देशको नाम राख्न सक्ने भन्दै अपाङ्गता प्रतिको सामाजिक नकारात्मक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने कुरामा जोड दिनु भयो ।

    यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराइले राज्यले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदमा लगानी गरेमा खेलाडीहरूले पनि राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय अवार्ड जित्न सक्ने, यसका लागि खेलकुदलाई समावेशी बनाउनु पर्ने भन्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदका लागि प्राविधिक तथा नीतिगत सहयोग गर्ने कुरामा जोड दिनु भयो ।

    डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको समावेशी मैत्रीपूर्ण फुटबल प्रतियोगिता समापनका क्रममा लैनचौर युवा क्लबका अध्यक्ष रम्बा रजतले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि लैनचौर खेल मैदान उपलब्ध गराउने र प्रज्ञा उच्च मा.वि.का प्रधानाध्यापक सत्यनारायण मानन्धरले सबै खेलाडी भाईबहिनीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूका लागि आवश्यक सहयोग गर्ने प्रतिवधता व्यक्त गर्नु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरूको ३३ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको समावेशी मैत्री फुटबल प्रतियोगितामा निलो रङ्ग र पंहेले रङ्ग गरी २ समूह मध्ये पंहेलो समूहले निलो समूहका विरुद्धमा खेलको अन्तिम विन्दुमा एक गोल गरेको थियो । जसमा पंहेलो रङ्गको समूह विजेता र निलो रङ्गको समूह उपविजेता बनेका थिए ।

    उक्त समावेशी मैत्री फुटबल प्रतियोगितामा कोचहरू मान बहादुर बस्नेत, आसाराम थारु र प्रकाश खत्रीले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूलाई फुटबल खेल्न सिकाउनु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ