Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एलिसन स्पोट्र्स प्रा. लि. द्वारा आयोजित प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ १ २०८१
  • 1,010
    SHARES

  • images
    एलिसन स्पोट्र्स प्रा. लि. द्वारा आयोजित प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्न

    ✍️बिर बहादुर राना

    images
    images
    images

    काठमाडौं । पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा सोमबार सम्पन्न भएको उक्त खेल एलिसन स्पोट्र्स प्रा. लि. को आयोजनामा आयोजित गरिएको थियो। उक्त प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइएको थियो, जसमा जूनियर महिला टिम र सिनियर महिला टिम समावेश थिए। सिनियर तर्फको उपाधि संकाटा महिला फुटबल टिमले आफ्नो नाममा दर्ता गर्न सफल भएको छ ।

    यसै गरी, जूनियर तर्फको उपाधि पनि संकाटा महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगिताको द्वितीय स्थान सिनियरतर्फ हलेसी फुटबल क्लबले प्राप्त गर्न सफल भयो भने जूनियरतर्फको उपविजेता स्टुडेन्ट फुटबल क्लब ‘ए’ ले आफ्नो नाममा दर्ता गर्न सफल भएको छ। यी दुबै टिमले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।

    समापन कार्यक्रममा सिनियरतर्फ पुनम चेम्जोङ र जूनियरतर्फ रेणुका शर्माले क्रमशः बेस्ट प्लेयरको उपाधि प्राप्त गरेका छन्। त्यस्तै, सिनियरतर्फ झर्ना राई र जूनियरतर्फ न्याहाँ पाण्डेले बेस्ट किपरको उपाधि प्राप्त गरेका छन्। यी खेलाडीहरूले उत्कृष्ट खेल कौशल देखाउँदै आफ्नो टिमको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन कृषि विकास बैंकले गरेको हो। साथै, नेपाल टेलिकम, एशियन थाई फुड्स, आमा बेकरी, र नेपाल एयरलाइन्स जस्ता प्रतिष्ठित संस्थाहरूले प्रतियोगिता सफल बनाउन महत्त्वपूर्ण सहयोग गरेका छन्।

    एमएस प्रोडक्सन प्रा. लि., एन्जल फेस, र पिङ्क भिल्ला जस्ता संस्थाहरूको पनि योगदान अत्यन्त महत्त्वपूर्ण रहेको आयोजकले जनाएको छ। विजेता टिमलाई प्रदान गरिएको गिफ्ट ह्याम्पर सेन्ट्रल फेशन स्कूल र जोयले प्रायोजन गरेका थिए। आयोजक एलिसन स्पोट्र्स प्रा. लि. का अध्यक्ष सगुन थापा मगरले सबै सहयोगी संस्थाहरूको विशेष धन्यवाद व्यक्त गरे। समापन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्षले विजेता, उपविजेता, बेस्ट प्लेयर र बेस्ट किपरलाई पुरस्कार, ट्रफी र पदक हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रमलाई सम्मानजनक र भव्य बनाउन उहाँको उपस्थिति महत्त्वपूर्ण रहेको आयोजकले बताएका छन्। समापन अवसरमा एलिसन स्पोट्र्स प्रा. लि. का अध्यक्ष सगुन थापा मगरले आगामी दिनहरूमा अझ प्रभावकारी र व्यवस्थित प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस प्रतियोगिताबाट प्राप्त शिक्षाहरूको महत्त्वलाई पनि उल्लेख गर्नुभयो।

    उहाँले सबै संघ–संस्था, प्रायोजक, मिडिया प्रतिनिधि र सहभागी टिमहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूको लागि थप उचाईमा पुग्नका लागि प्रेरणा प्राप्त गरेको बताउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ