Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एक महिने ह्विलचियर टेनिस तालिममा अनुकला राई र रामबहादुर तामाङ् प्रथम


सोमबार, माघ ७ २०८१
  • 452
    SHARES

  • images
    एक महिने ह्विलचियर टेनिस तालिममा अनुकला राई र रामबहादुर तामाङ् प्रथम

    ७ माघ २०८१ ललितपुर । यसै क्रममा पहिला नेपाल ह्विलचियर टेनिस संघले मध्यपुर थिमि नगरपालिका भक्तपुरको सहयोगमा गत मंसिर २१ गते देखि ललितपुर स्थित सातदोबाटोमा रहेको नेपाल टेनिस संघमा आयोजना एक महिने ह्विलचियर टेनिस प्रशिक्षण कार्यक्रम तथा प्रतियोगितामा अनुकला राई र रामबहादुर तामाङ् प्रथम भएका छन् ।

    images
    images
    images

    ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका ४ जना महिला र ५ जना पुरुषहरूलाई प्रदान गरिएको ह्विलचियर टेनिस तालिममा उहाँहरुले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । उक्त एक महिने ह्विलचियर टेनिस प्रशिक्षण कार्यक्रम तथा प्रतियोगिताको समापनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ह्विलचियर टेनिस प्रशिक्षण कार्यक्रम तथा प्रतियोगितामा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गर्दै बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट उनीहरूको खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    साथै उहाँले अब हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्विलचियर टेनिस खेलकुद प्रतियोगितालाई पनि समावेश गर्नका लागि पहल गर्ने भन्दै प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई शुभकामना तथा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    सो तालिममा सहयोग गर्ने निकाय मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको ह्विलचियर टेनिस खेलकुदको विकासका लागि यस नेपाल ह्विलचियर टेनिस संघलाई आवश्यक सहयोग गरी पार राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गर्ने बताउनु भयो भने नेपाल टेनिस संघका सचिव मालिका राणाले आगामी दिनमा नेपाल टेनिस संघको पूर्वाधार अपाङ्गता मैत्री बनाइने कुरामा जोड दिनु भयो ।

    त्यसै गरी आयोजक संस्था नेपाल ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले नेपालका अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि सरोकारवाला निकाय तथा राज्यले आवश्यक लगानी गर्न नसकोले उनीहरूको खेलकुदको विकास तीव्र गतिमा हुन नसकेको गुनासो गर्दै मध्यपुर थिमि नगरपालिका भक्तपुरको सहयोगमा गत मंसिर २१ गते देखि ललितपुर स्थित सातदोबाटोमा रहेको नेपाल टेनिस संघमा ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका ९ जना महिला तथा पुरुषहरूलाई एक महिना सम्म ह्विलचियर टेनिस प्रशिक्षण प्रदान गरिएको बताउनु भयो ।

    साथै उहाँले अब हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्विलचियर टेनिस खेलकुदलाई पनि समावेश गर्न आग्रह गर्दै बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पनि राष्ट्रिय पारा खेलकुद प्रतियोगिताका लागि ह्विलचियर टेनिसका निमित्त बजेट उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनु भयो ।

    त्यसै गरी उहाँले सन् २०२६ मा हुने पारा एसियन खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्बाट बजेट छुट्टाएर खेलाडीहरूलाई १ वर्ष सम्म विशेष प्रशिक्षणको व्यवस्था मिलाउनका लागि आग्रह गर्नु भयो भने २०२८ मा हुने ओलम्पिकको तयारीका लागि पनि बजेट व्यवस्थापनमा बाग्मती प्रदेश सरकाले पहल गर्नु पर्ने बताउनु भयो ।

    यसै क्रममा उहाँले नेपाल टेनिस संघको खेलमैदानलाई ह्विलचियर मैत्री बनाइनु पर्ने, शौचालय अपाङ्गता मैत्री बनाइनु पर्ने, नेपाल टेनिस संघमा नेपाल ह्विलचियर टेनिस संघलाई पनि आबद्ध गराउन आग्रह गर्नु भयो । उक्त एक महिने ह्विलचियर टेनिस प्रशिक्षणमा महिला तर्फबाट प्रथम हुन सफल खेलाडी अनुकला राईले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू मात्रै नभएर राज्यले पनि सहयोग गर्नु पर्ने, खेल मैदानहरू अपाङ्गता अनुकूल हुनु पर्ने र आवश्यक खेल समाग्रीहरुका साथै ह्विलचियरको पनि उपलब्धता भएमा अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुद प्रतियोगितामा सहज हुने भन्दै आयोजक तथा प्रशिक्षकहरूलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    त्यसै गरी पुरुष तर्फबाट प्रथम हुन सफल खेलाडी रामबहादुर तामाङले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदको तालिम मात्रै नभएर तालिम पश्चात् खेललाई निरन्तरता दिने वातावरणको सृजना गरिनु पर्ने, अपाङ्गता अनुकूलको खेल मैदान, आवश्यक खेल सामग्रीहरू उपलब्ध भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि खेलकुदमा योगदान दिन सकिने भन्दै आयोजक तथा प्रशिक्षकहरूलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    उक्त एक महिने ह्विलचियर टेनिस प्रशिक्षण कार्यक्रम तथा प्रतियोगितामा महिला पुरुष गरी ९ जनाको सहभागितामा महिला तर्फ अनुकला राई प्रथम, गङ्गा छन्त्याल दितिय झरना राना तृतीय र रामशाली तामाङले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए भने पुरुष तर्फ राम बहादुर तामाङ प्रथम, सागर पाण्डे दितिय, दीपक तिमल्सिना तृतीय र राजु गुरुङले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

    कार्यक्रममा प्रथम हुनेलाई नगद रु १५ हजार दितिय हुनेलाई १० हजार र तृतीय हुनेलाई रु ५ हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । यस तालिमको समापनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनद्वारा पारालिम्पियन खेलाडी पलेशा गोवधन, भरत सिंह महता, भीम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगिलाई सम्मान पत्रद्वारा सम्मान पनि गरिएको थियो ।

    उक्त एक महिने ह्विलचियर प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का टेनिस प्रशिक्षक सूर्य भूषण बज्राचार्य, रेणुदेवी कोण्डा र चन्द शाहीले ४ जना महिला र ५ जना पुरुष गरी ९ जना ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूलाई प्रशिक्षण दिनु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ