भरतपुर, चैत १४ – भरतपुर महानगरपालिका र जापानको योकोसुका सिटीबीच भगिनी सम्बन्ध स्थापना भएको दुई वर्ष पूरा भएको अवसरमा जापानका मेयरसहित आठ सदस्यीय प्रतिनिधिमण्डलले भरतपुर भ्रमण गरेको छ।
आज भरतपुरमा आयोजित विशेष कार्यक्रममा महानगरले जापानी टोलीलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा भरतपुरका जनप्रतिनिधि, व्यवसायी, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई सहरबीचको मित्रताको महत्व उजागर गर्दै आगामी दिनमा आपसी सहकार्यलाई अझै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन्। साथै, जापानका मेयरले भरतपुरसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने आशय व्यक्त गर्दै स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए।
यो भ्रमणले दुई सहरबीचको सांस्कृतिक, आर्थिक र प्रविधि आदान–प्रदानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ
.gif)




 x 450 (H) Global Pana.jpeg)


