Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अखिल नेपाल खेलकुद महासंघद्वारा प्रचण्ड कप भलिबल प्रतियोगिता आयोजनाको घोषणा

शनिबार, चैत १६ २०८१
  • 1,287
    SHARES

  • images
    अखिल नेपाल खेलकुद महासंघद्वारा प्रचण्ड कप भलिबल प्रतियोगिता आयोजनाको घोषणा

    काठमाडौं, चैत १६ - अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष “प्रचण्ड कप २०८२” राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित हुन नहुने भन्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

    images
    images
    images

    गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए।

    गणतन्त्र दिवस विशेष भलिबल प्रतियोगिता

    महासंघका अनुसार नेपालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गर्ने निर्णय तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले गरेको थियो। यसै कारण गणतन्त्र दिवसलाई विशेष अवसर मान्दै भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव धमलाले बताए। उनले भने, “गणतन्त्र स्थापना र भलिबललाई राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसैले जेठमै यो प्रतियोगिता आयोजना गर्न लागेका हौं।”

    महासंघका अन्य महत्वपूर्ण निर्णयहरू

    महासंघको बैठकले विभिन्न खेलकुद गतिविधिहरूलाई अघि बढाउने निर्णय गर्दै आगामी २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ति सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको छ। त्यस्तै, महासंघले राष्ट्रिय सम्मेलन २०८२ असार ६ र ७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। सम्मेलनको मुख्य नारा “व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन” रहनेछ।

    महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँग सहकार्य गरी एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव आयोजना गर्ने घोषणा पनि गरेको छ, जसलाई आगामी जेठ २ र ३ गते सम्पन्न गर्ने तयारी गरिएको छ।

    राष्ट्रिय खेलकुदको भविष्यप्रति चिन्ता

    महासंघले नेपालमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बजेट सुनिश्चित गरिएको भए पनि प्रतियोगिता प्रभावित भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघका अनुसार ६० करोड रुपैयाँ विनियोजन गरिए पनि खेलाडीहरूले प्रतियोगितामा भाग लिन नपाउनु निराशाजनक छ।

    त्यस्तै, महासंघले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, र नेपाल ओलम्पिक कमिटीबीचको द्वन्द्वका कारण नेपाली खेलाडीहरू अन्योलमा परिरहेको भन्दै तत्काल समस्या समाधानका लागि आपसी छलफल आवश्यक रहेको उल्लेख गरेको छ।

    महासंघका अध्यक्ष शिव कोइरालाले भने, “व्यक्तिगत स्वार्थभन्दा खेलकुदको समग्र हितका लागि सबै पक्ष गम्भीर हुनुपर्छ।” महासंघका इन्चार्ज दीपक कोइरालाले परम्परागत खेलकुद प्रणालीभन्दा बाहिर निस्केर खेलकुदलाई व्यावसायिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    नेपालको खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन विभिन्न योजनाहरू अघि सार्दै अखिल नेपाल खेलकुद महासंघले आगामी वर्षहरूमा विविध खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    महासंघले सरोकारवालाहरूलाई खेलाडीहरूको भविष्य सुरक्षित राख्ने उपाय खोज्न आग्रह गर्दै नेपाली अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष “प्रचण्ड कप २०८२” राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित हुन नहुने भन्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

    गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए।

    गणतन्त्र दिवस विशेष भलिबल प्रतियोगिता

    महासंघका अनुसार नेपालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गर्ने निर्णय तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले गरेको थियो। यसै कारण गणतन्त्र दिवसलाई विशेष अवसर मान्दै भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव धमलाले बताए। उनले भने, “गणतन्त्र स्थापना र भलिबललाई राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसैले जेठमै यो प्रतियोगिता आयोजना गर्न लागेका हौं।”

    महासंघका अन्य महत्वपूर्ण निर्णयहरू

    महासंघको बैठकले विभिन्न खेलकुद गतिविधिहरूलाई अघि बढाउने निर्णय गर्दै आगामी २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ति सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको छ। त्यस्तै, महासंघले राष्ट्रिय सम्मेलन २०८२ असार ६ र ७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। सम्मेलनको मुख्य नारा “व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन” रहनेछ।

    महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँग सहकार्य गरी एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव आयोजना गर्ने घोषणा पनि गरेको छ, जसलाई आगामी जेठ २ र ३ गते सम्पन्न गर्ने तयारी गरिएको छ।

    राष्ट्रिय खेलकुदको भविष्यप्रति चिन्ता

    महासंघले नेपालमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बजेट सुनिश्चित गरिएको भए पनि प्रतियोगिता प्रभावित भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघका अनुसार ६० करोड रुपैयाँ विनियोजन गरिए पनि खेलाडीहरूले प्रतियोगितामा भाग लिन नपाउनु निराशाजनक छ।

    त्यस्तै, महासंघले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, र नेपाल ओलम्पिक कमिटीबीचको द्वन्द्वका कारण नेपाली खेलाडीहरू अन्योलमा परिरहेको भन्दै तत्काल समस्या समाधानका लागि आपसी छलफल आवश्यक रहेको उल्लेख गरेको छ।

    महासंघका अध्यक्ष शिव कोइरालाले भने, “व्यक्तिगत स्वार्थभन्दा खेलकुदको समग्र हितका लागि सबै पक्ष गम्भीर हुनुपर्छ।” महासंघका इन्चार्ज दीपक कोइरालाले परम्परागत खेलकुद प्रणालीभन्दा बाहिर निस्केर खेलकुदलाई व्यावसायिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    नेपालको खेलकुद क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन विभिन्न योजनाहरू अघि सार्दै अखिल नेपाल खेलकुद महासंघले आगामी वर्षहरूमा विविध खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    महासंघले सरोकारवालाहरूलाई खेलाडीहरूको भविष्य सुरक्षित राख्ने उपाय खोज्न आग्रह गर्दै नेपाली खेलकुदको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने संदेश दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ