Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण: नुवाकोटका २५० विद्यार्थी खुसी


ग्लोबल पाना
शनिबार, कात्तिक २२ २०८२
  • 379
    SHARES

  • images
    स्थापना दिवसको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण: नुवाकोटका २५० विद्यार्थी खुसी

    काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ द्वरा शैक्षिक सामग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ । नेकपा र पुर्व विद्यार्थी जीवन तामाङ सीको विशेष पहलमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ द्वरा नुवाकोट जिल्ला सुर्यगाढि गा.पा.वडा न.१ स्थित छापमा रहेकोे मंगल देवी माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गर्दै २५० जना विद्यार्थी भाइ बाहिनीहरु लाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।

    images
    images
    images

    उक्त कार्यक्रमको सभा अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष दिनेश तामाङले गरेका थिए प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष बिजेन्द्र बिक्रम शाहले संघले देशका विभिन्न जिल्लाहरुमाआफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गर्दै अएको र यसै क्रममा ३६ औं दिवसको अवसरमा मंगल देवी माध्यामिक बिद्यालयमा पनि शैक्षिक सामाग्री वितरण गरेको बताए विशेष अतिथि नेकपाका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज महेन्द्र तामाङ सी ले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै नेकपाको उद्देश्य पनि सबै उद्योगपति ब्यापारि बुद्धिजीवी युवा विद्यार्थीहरु संग सहकार्य गर्ने रहेकोे र जसरी कापी कलम वितरण गर्दै यो कापी कलमले आफ्नो र रास्ट्रको भाग्य र भबिस्य लेख्न सकुन् भन्ने शुभकामना दिदै राष्ट्रिय परिस्थितिको विषयमा नेकपाको धारणा राखेका छन् त्यसै गरि विशेष अतिथि निवर्तमान अध्यक्ष निम नाथ दाहालले पनि यो संघले कापी र कलम मात्र नभईकन ज्ञान् पनि बडेको बताए अर्को अतिथि रघु पण्डित पनि आफू हरु पढेर नै यो स्थानमा आइपुगेको विद्यार्थी हरुलाइ राम्रो संग पढ्न हौसला प्रधान गरेका छन् ।

    त्यसै गरि अतिथि पुर्व विद्यार्थी तथा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य जीवन तामाङ सी ले आफुले पढेको बिद्यालय लाई बिशेष पहल गरेर सहयोग गर्न पाउदा खुशी व्यक्त गर्दै शिक्षाक शिक्षिका हरु भनेको मैनबति जस्तै आफू जलेर अरुलाइ उज्यालो दिए झैँ शैक्षिक र खेलकुद सामाग्री वितरण गरेर यो संघले पनि ज्ञान् बढेको र हाम्रो अनुरोध लाई सहर्ष स्वाकर गरेर सहयोग गरेको भन्दै बिशेष धन्यवाद दिदै यस बिद्यालयको विद्यार्थी भाइ बहिनि यो देशको प्रमुख स्थानहरुमा र कार्यकरी रास्ट्र प्रमुख बन्न सकुन् भन्ने शुभकामना दिए त्यसै गरि बिद्यालयका प्र .अ.दत्ता प्रसाद न्यौपानेले पनि सहयोग शैक्षिक सामाग्री र खेलकुद सामाग्री खेर जना नदिने बचन बद्द्ता व्यक्त गर्दै अझै सहयोगको अपेक्षा गरेका छन् ।

    त्यसै गरि बि .ब.स अध्यक्ष दिनेश तामाङले कार्यक्रम समापनको घोषण गर्दै सबैलाई विशेष धन्यवाद दिदै अझै सहयोगको अपेक्षा गरेको बताए

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ