Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स


ग्लोबल पाना
मंगलबार, मंसिर २ २०८२
  • 418
    SHARES

  • images
    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (CAN) सँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ।

    images
    images
    images

    यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ।

    यो साझेदारी केवल स्पोन्सरशिप होइन। जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ। ३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ।

    नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ। जस्मिन पेन्ट्सको बारेमा: नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित सन् १९९४ (बि.सं. २०५१) मा स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो।

    हालै, स्थापनाको ३० वर्ष पार गरेको यस नम्बर १ नेपाली पेन्ट्स ब्रान्डले NS प्रमाणपत्र, ISO 9001:2008 र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्दै नेपाली पेन्ट उद्योगमा आफ्नै मजबुत स्थान बनाएको छ। गुणस्तरका लागि प्रतिबद्ध जस्मिन पेन्ट्सले प्रत्येक उत्पादनलाई कडा प्रयोगशाला परीक्षणपछि मात्र बजारमा ल्याउने गर्छ, र कलर–च्वाइस सफ्टवेयर जस्ता अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री इनोभेसनहरूका कारण यो कम्पनी नेपालको पेन्ट्स उद्योगको एक विश्वसनीय र अग्रणी ब्राण्डका रूपमा स्थापित छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ