Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शेहान जयसूर्याको आगमनसॅंगै NPL सिजन २ मा विराटनगर किङ्सको उपस्थिति अझ मजबुत बन्दै


ग्लोबल पाना
आइतबार, मंसिर १४ २०८२
  • 472
    SHARES

  • images
    शेहान जयसूर्याको आगमनसॅंगै NPL सिजन २ मा विराटनगर किङ्सको उपस्थिति अझ मजबुत बन्दै

    काठमाडौं । श्रीलंकाका अलराउन्डर शेहान जयसूर्या आधिकारिक रूपमा नेपाल प्रिमियर लिग (NPL) सिजन २ का लागि विराटनगर किङ्समा सामेल भएका छन्। उनको आगमनले टोलीमा नयाँ उत्साह, अनुभव र भर्साटायलिटी थपेको छ। ब्याट र बल दुवैमा प्रभावशाली प्रदर्शनका लागि परिचित जयसूर्याबाट यस सिजनभरि टोलीको सन्तुलन र गहिराइ मजबुत हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    शेहान जयसूर्या क्रिकेट प्रशंसकहरूका लागि परिचित नाम हो। उनी मध्यक्रमका भरपर्दा ब्याट्सम्यान र प्रभावकारी अफ–स्पिन बलरका रूपमा चर्चित छन्। सन् २०१५ देखि २०२० सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले १२ ओडीआई खेल्दै १९५ रन र १८ T20I खेल्दै २४१ रन बनाएका छन्। दवावमा इनिङ सम्हाल्ने, आवश्यक परेमा अट्याक गरेर इनिंग उकास्ने र बलिङबाट महत्वपूर्ण ब्रेकथ्रू दिलाउने क्षमताका कारण उनी लिमिटेड ओभर क्रिकेटमा महत्वपूर्ण अलराउण्डरको रुपमा स्थापित छन्।

    श्रीलंकाको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि संयुक्त राज्य अमेरिका पुगेका जयसूर्या हाल त्यहाँका विभिन्न T20 फ्रेन्चाइज लिगहरूमा खेल्ने गर्छन्, जसमा सियाटल अर्कास पनि एक हो। अन्तर्राष्ट्रिय स्तरमा श्रीलंकालाई प्रतिनिधित्व गरे पनि फ्रेन्चाइज लिगहरूको अनुभवले उनको खेलमा नयाँ आयाम थपेको छ। विराटनगर किङ्समा उनी प्रतियोगिताको महत्वपूर्ण चरणमा समावेश भएका छन्।

    शेहानको उपस्थितिले टिमको मध्यक्रम बलियो बनाउनुका साथै बलिङमा पनि थप विकल्प दिएको छ। स्ट्राइक रोटेट गर्ने, ग्याप खोज्ने र इनिङको अन्त्यमा तेज गतिमा रन बनाउँदै खेल समाप्त गर्ने उनको क्षमता र किङ्सको आक्रामक तर स्थिर खेल–शैली उस्तै देखिन्छ। साथै, उनको दवावपूर्ण खेलहरूको अनुभव र उत्कृष्ट फिल्डिङ क्षमताले टोलीमा थप आत्मविश्वास भरेको छ। NPL सिजन २ ले गति लिँदै गर्दा, जयसूर्याको आगमनले किङ्सको लाइनअपमा स्थिरता, सीप र खेल जिताउने क्षमता थप्ने अपेक्षा गरिएको छ।

    प्रशंसकहरूले मैदानमा उनका संयमित स्ट्रोक–प्ले, स्मार्ट अलराउण्ड प्रदर्शन र जोश झल्किएको हेर्न पाउने छन्। विराटनगर किङ्सबारे: विराटनगर किङ्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। विराटनगर किङ्सको लक्ष्य भनेको स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावना प्रवर्द्धन गर्नु र समुदाय तथा प्रशंसकहरूसँग जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ