Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सामुदायिक शैक्षिक सुधारका लागि पूर्वाधार र प्रविधिमा लगानी गरेका छौँ, यसबाट नतिजामा सुधार हुनुपर्छ : वडाध्यक्ष तिवारी


ग्लोबल पाना
शनिबार, मंसिर २७ २०८२
  • 376
    SHARES

  • images
    सामुदायिक शैक्षिक सुधारका लागि पूर्वाधार र प्रविधिमा लगानी गरेका छौँ, यसबाट नतिजामा सुधार हुनुपर्छ : वडाध्यक्ष तिवारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौर र लोकहित आधारभूत विद्यालय, ठमेललाई कम्प्युटर ल्याब निर्माण गरिदिएको छ । यी विद्यालयहरुमा क्रमशः ३२ वटा र १० वटा कम्प्युटरसहितको ल्याब निर्माण गरेपछि शुक्रबार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले हस्तान्तरण गर्नुभयो ।

    images
    images
    images

    यसका लागि वडाले ४० लाख रुपियाँ विनियोजन गरेको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट करबाहेक २७ लाख ७६ हजार २ सय रुपैयाँ कम्प्युटर खरिद गरेर ल्याव स्थापना गरिएको हो । वडाले शान्ति विद्या गृहलाई गएको वर्ष ६५ इञ्चका २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ती बोर्डहरु ४३ लाख ५९ हजार ५४० रुपियाँमा प्राप्त भएका थिए ।

    ल्याब हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘सामुदायिक विद्यालयहरुको नतिजा सुधारका लागि हामीले पूर्वाधार, सामान तथा उपकरण र प्रविधिमा लगानी बढाएका छौँ । शान्ति विद्या गृहमा भवन निर्माणमा वडाले खरिद प्रक्रिया अगाडि बढाएको छ । हामीले गरेका लगानी नतिजा सुधारका लागि हो । विद्यालयहरुले यो सहयोगलाई नतिजाबाट प्रत्याभूति गराउनुपर्छ ।’ शैक्षिक गुणस्तर विकासका लागि वडाले विद्यालयहरुमा ल्याएका कार्यक्रम सकारात्मक छन् ।

    पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीले भन्नुभयो, ‘वडाका कार्यक्रमले भविष्यका आवश्यकतालाई समेत सम्बोधन गर्न क्षमता राख्छन् भन्ने मेरो बुझाइ हो ।’ वडाका सचिव केदार रिमालले परिवर्तित स्थानीय आवश्यकता र विश्व परिवेश हेरेर प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि लगानी वडाले लगानी गरेको हो ।

    विद्यागृहका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले ल्याबका सामान बुझिसकेपछि शिक्षण सिकाइका लागि प्राप्त स्रोतको अधिकतम उपयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ