Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माया ग्रुपले ९ जना नेपाली क्रिकेटरलाई एकैसाथ ब्रान्ड एम्बासडर नियुक्त


ग्लोबल पाना
आइतबार, पुस २० २०८२
  • 457
    SHARES

  • images
    माया ग्रुपले ९ जना नेपाली क्रिकेटरलाई एकैसाथ ब्रान्ड एम्बासडर नियुक्त

    काठमाडौं । माया ग्रुपले एकैसाथ ९ जना नेपाली क्रिकेटरलाई ब्रान्ड एम्बासडर नियुक्त गर्दै प्रायोजन सम्झौता गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रममा ग्रुप र खेलाडीहरूबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

    images
    images
    images

    प्रायोजन सम्झौता नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग गरिएको छ ।

    सन् २०१८ मा स्थापना भएको माया ग्रुप नेपाल र बेलायतमा सक्रिय रहँदै आएको छ। ग्रुपले व्यवसायसँगै नेपाली क्रिकेट तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर सहयोग गर्दै आएको जनाएको छ। माया ग्रुप राज पाण्डे र रक्षा थापा दम्पतीको सोच र पहलमा स्थापित संस्था हो ।

    गत मे र जुन महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डको भ्रमण गर्दा त्यहाँको व्यवस्थापन जिम्मेवारी पनि माया ग्रुपले नै सम्हालेको थियो । माया ग्रुपले माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोट्र्स सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्सलगायत विभिन्न संघसंस्थामार्फत गतिविधि सञ्चालन गर्दै आएको छ ।

    यी प्लेटफर्महरू मार्फत ग्रुपले नेपालमा खेलाडी, क्रिकेट एकेडेमी तथा खेलकुद पूर्वाधारमा निरन्तर सहयोग गर्दै आएको छ भने बेलायतमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने कार्यमा पनि सक्रिय रहँदै आएको जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ