Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु


ग्लोबल पाना
आइतबार, पुस २७ २०८२
  • 343
    SHARES

  • images
    स्याट​द्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु

    काठमाडौं । विद्यालयस्तरीय स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन स्याट​द्वारा आयोजित संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम आजबाट काठमाडौंको कपनस्थित ब्रेन ल्याण्ड एकेडेमीमा औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले तीन दशकभन्दा बढीको आफ्नो कूटनीतिक अनुभव साझा गर्दै विद्यार्थीहरूलाई कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा करियर बनाउन प्रेरित गर्नुभयो । उहाँले शान्ति स्थापना र दिगो विकासमा संयुक्त राष्ट्रसंघको भूमिकालाई महत्वपूर्ण भन्दै यस्ता शैक्षिक कार्यक्रमको प्रशंसा गर्नुभयो ।

    images
    images
    images

    त्यसैगरी, राष्ट्रिय प्याब्सनका पूर्व म​हासचिव, साहित्य​कार​ एअम​ ब्रेन ल्याण्ड एकेडेमीका प्रिन्सिप​ल​ डा। परसमणि दाहालले राष्ट्र निर्माण र विश्व शान्तिको आधार यस्ता शैक्षिक पहलबाट सुरु हुने धारणा व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै स्याट​का अध्यक्ष विनय श्रेष्ठले संयुक्त राष्ट्रसंघसँगको औपचारिक मान्यता तथा समन्वयले कार्यक्रमको शैक्षिक विश्वसनीयता अझ बलियो हुने बताउनुभयो। उहाँले युवा विद्यार्थीहरूमा सूचित कूटनीति र अन्तर्राष्ट्रिय सहभागिताको भावना विकास गर्नु यस पहलको प्रमुख लक्ष्य भएको उल्लेख गर्नुभयो ।

    उद्घाटन समारोहमा पत्रकार, कवि तथा शान्ति अभियन्ता सरोज ओझासहित विभिन्न शिक्षाविद र विद्वान्हरूको उपस्थिति रहेको थियो। १२ वटा सहभागी विद्यालयका ४२ जना विद्यार्थीहरूको सहभागितामा सुरु भएको यो तीनदिने शैक्षिक कार्यक्रम पुस २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसनको आयोजनामा सम्पन्न यो कार्यक्रम विद्यालय तहका विद्यार्थीहरूका लागि लक्षित गरिएको हो ।

    कार्यक्रमको मुख्य उद्देश्य समालोचनात्मक सोच, कूटनीतिक क्षमता, नेतृत्व विकास तथा विश्वव्यापी चेतनाको अभिवृद्धि गर्नु रहेको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्, आर्थिक तथा वित्तीय समिति र संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद गरी तीनवटा प्रमुख समिति गठन गरिएको छ। यस वर्षको कार्यक्रमअन्तर्गत संकट अनुकरण अभ्यास, प्रतिनिधि अभिमुखीकरण, संरचित बहस तथा प्रस्ताव लेखनजस्ता शैक्षिक गतिविधिहरू समावेश गरिएका छन्, जसले विद्यार्थीहरूलाई यथार्थपरक र प्रभावकारी संयुक्त राष्ट्रसंघ मोडेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    आयोजक संस्था स्याट​का सचिव प्र​शान्त​ दाहाल​ले सक्रिय सहभागिता, सशक्त शैक्षिक अभ्यास र अनुभवी मार्गदर्शनका माध्यमबाट जिम्मेवार तथा विश्वप्रति सचेत युवा नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको ब​ताउनुभ​यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ