Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गतेदेखि भरतपुरमा, १०० भन्दा बढी अन्तर्राष्ट्रिय स्टल सहभागी


ग्लोबल पाना
बुधबार, पुस ३० २०८२
  • 268
    SHARES

  • images
    आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गतेदेखि भरतपुरमा, १०० भन्दा बढी अन्तर्राष्ट्रिय स्टल सहभागी

    चितवन । आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ गतेदेखि भरतपुर कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा नविन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा कृषि क्षेत्रसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०८२ माघ २ गतेदेखि ४ गतेसम्म भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।

    images
    images
    images

    प्रदर्शनीको सहयोगी संस्था चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले एग्रीटेक एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिकारीले चितवन प्रदर्शनी केन्द्रमा हालसम्म भएका प्रदर्शनीहरु र संघले आयोजना प्रक्रियामा रहेका दोश्रो अन्तराष्ट्रिय डेरी एक्स्पो, दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, काडा अटो शो, अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

    पत्रकार सम्मेलनमा मिडिया स्पेस सोलुसन्स प्रा.लि. का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले प्रदर्शनीका बारेमा जानकारी गराउनु भएको थियो । भट्टराईले प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो र आकर्षण देखिएको र तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू मार्फत आधुनिक कृषि प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शन गरिने बताउनुभयो ।

    विज्ञप्तिमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने र उक्त अवसरमा साना कृषिऔजारदेखि लिएर डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा समेत उपलब्ध गराइने, कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने विषयहरु उल्लेख गरिएको छ ।

    एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउने, तिनको प्रयोगमार्फत कृषिउत्पादन वृद्धि गर्ने र दीर्घकालीन रूपमा मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने आयोजकको दावी छ ।

    व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि प्रदर्शनीले व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन तथा नेटवर्किङको महत्वपूर्ण अवसरको रुपमा लिइएको एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आधुनिक कृषिऔजार, यान्त्रीकरण, नवीन प्रविधि तथा सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी, किफायती, व्यावसायिक र आत्मनिर्भर बनाउने दिशामा यस प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ ।

    प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ